कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपप्रमुख चौधरीको निधन


सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ ।
कोरोना संक्रमणले अस्वस्थ्य हुनुभएकी चौधरीको उपचारका क्रममा विराटनगरमा मंगलबार बिहान ४ बजे निधन भएको नगरपालिकाका प्रवक्ता महानन्द चौधरीले जानकारी दिनुभयो ।
४० वर्षीया चौधरी २०७४ को स्थानयि तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १०:३० गते

धेरै पढिएको

ताजा समाचार