
काठमाडौं । नव्याश्रीको लेखन र निर्माण गरिएको म्युजिकल सर्ट फिल्म महाकाली सार्वजनिक भएको छ।
यो फिल्म देवी महाकालीको उत्पत्तिको कथा र शक्तिलाई प्रस्तुत गर्छ। कथामा, शिवले अपनी पत्नी पार्वतीलाई एक राक्षसलाई पराजित गर्न अनुरोध गर्छन् जसलाई केवल एक महिलाले मात्र मार्न सक्छ। पार्वती शिवसँग विलय भइ कालीको रूपमा उत्पन्न भइ राक्षसलाई मार्छिन्, तर कालीको रक्तपात नियन्त्रण बाहिर जान्छ। संसारको विनाशबाट रोक्न र कालीलाई शान्त बनाउन केवल शिवको शक्ति नै सक्षम हुन्छ।
महाकालीलाई मातृ प्रेम, शक्ति, स्त्री शक्ति, रचनात्मकता र उर्वरताको प्रतीक मानिन्छ। यस कथाले महिलाहरुलाई हरेक परिस्थिति र कठिनाईको सामना गर्न प्रेरित गर्ने सन्देश दिन्छ। यो फिल्मले महिलाहरुको साहस, आत्मनिर्भरता र सामर्थ्यको महत्त्वलाई उजागर गर्दै भन्न चाहन्छ कि नारी कुनै पनि रूपमा महाशक्ति हो— आमा, छोरी, गौरी, दुर्गा, लक्ष्मी र कालीको रूपमा। नारीको अपमान गरिएमा उनी महाकालीको क्रोधको रूप पनि धारण गर्न सक्छिन्।
फिल्म कुनै जात, समुदाय, धर्म वा प्रथा, परम्परासँग सम्बन्धित छैन र यसले कुनै व्यक्तिको, जातिको, समुदायको, धर्मको वा समाजको भावनामा चोट पुर्याउने उद्देश्य छैन।
यस म्युजिकल सर्ट फिल्ममा नव्याश्री, लोमश शर्मा, राजकुमार थापा र प्रकाश कँडेलको प्रमुख अभिनय छ। नव्याश्रीले काली र पार्वती दुवैको भूमिका निभाएकी छन् भने लोमश शर्मा शिवको भूमिका प्रस्तुत गरेका छन्।