काठमाडौं – नायिकाद्वय पूजा शर्मा र आँचल शर्माबीच पानी बाराबारको सम्बन्ध रहेको देखिएको छ । सूर्य इन्टरनेशनल अवार्डका लागि जापानको टोकियो हिँडेको कलाकारको समूहमा रहेका पूजा र आँचलबीचको सम्बन्ध विमानस्थलमा छर्लङ्ग भएको हो ।
दुवैले बोल्नु त परै जाओस् एकअर्काको अनुहार समेत हेरेनन् । केही समयअघि पूजालाई लक्षित गरी आँचलले फेसबुकमा स्ट्याटस लेखेपछि सम्बन्ध बिग्रिएको सबैले चालपाएका थिए ।
त्यसो त पूजाको सम्बन्ध उद्योगका अन्य अभिनेत्रीसँग पनि राम्रो छैन । अभिनेत्री सुष्मा कार्कीसँग पनि पूजाको बोलचाल छैन । एउटा कार्यक्रममा सुष्माले सबैसँग हात मिलाउँदा पूजातिर भने फर्केर पनि हेरेकी थिइनन् ।
दुवैलाई मिलाउनका लागि अभिनेत्री रेखा थापाले पहल गरे पनि सुष्मा टाढिएकी थिइन् ।


