चलचित्र ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक


आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गरी पत्रकारलाई देखाएपछि चलचित्रको ट्रेलर यूट्युबमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम र द्वन्द्वलगायतका विषयबस्तुलाई देखाइएको छ । यो फिल्ममा बहुपतिप्रथाको कथा समावेश गरिएको छ ।

बाटो मुनीको फूल फेम्ड अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित फिल्ममा नव(नायिका कामना भुजेल, अभिनेता तथा गायक यश , निमा रुम्बा लगातका कलाकारहरुको अभिनय रहेको छ । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । यशको यो पहिलो निर्देशित फिल्म हो । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।


प्रकाशित : २०७५ भाद्र २८, बिहीबार १६:४२ गते

धेरै पढिएको

ताजा समाचार