चैत्र ६, काठमाडौं । सुनको मूल्यमा पुनः गिरावट आएको छ । बुधबार एक हजारले बढेको सुनको मूल्य बिहीबार तोलामा १५ सयले घटेको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको छ ।
बुधबार ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार ५ सयले घटेर ७५ हजारमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित : २०७६ चैत्र ६, बिहीबार ११:५० गते


