फागुन १५, काठमाडौं– एनसेलले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। जसअन्तर्गत कुनै पनि ग्राहकले १०० वा सो भन्दा माथिको रिचार्ज गरे बापत भ्वाइस सेवामा छुट प्राप्त गर्न सक्ने छ।
यो अफर आज (फागुन १५ गते) बाट लागु भएको कम्पनीले जनाएको छ। कम्पनीले ल्याइएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैंसा प्रतिमिनेट ९कर सहित १.२६ पैसा मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने जानकारी दिएको छ।
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्मका लागि लागु हुनेछ। यस अफरबाट फाइदा लिनका लागि ग्राहकले १७१०६३ मा निःशुल्क डायल गर्न सक्नेछन्। यसरी अफर सूचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुटबाट लाभ लिन सक्नेछन्।
ग्राहकले रु १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन्। त्यसैगरि २ सय, ३ सय र ५ सयको रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन्।
यसैगरी ग्राहकले १,००० रिचार्ज गरेमा यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन्। यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनु साथै आफ्ना सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ।
यो अफर ९० दिन सम्म संचालनमा रहनेछ। ग्राहकले *१७१०६* १# डायलगरी आफूले सूचारु गरेको अफरको समयसीमा सजिलै थाहा पाउन सक्नेछन्।


