उप-सचिव रिजाल अख्तियार दुरुपयोग अनुसन्धानको नियन्त्रणमा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उपसचिव रिजाललाई नियन्त्रणमा लिएको हो ।

घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।

भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

रिजालले दोलखामा प्रमुख जिल्ला अधिकारी हुँदा आफ्नो क्षेत्राधिकारभित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोप छ ।

उनले मेलुङ गाउँपालिका-४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजा र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको अख्तियारको दाबी छ ।

रिजालले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए ।


प्रकाशित : २०७६ पुष १५, मंगलवार १८:०८ गते

धेरै पढिएको

ताजा समाचार