कति बुझायो एनसेलले पुँजीगत लाभकर


काठमाडौँ — एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको छ । एनसेलले १२ औं पटकको बिक्रीको पुँजीगत लाभकर बुझाएको हो ।

एनसेलमाथि सरकारले २२ अर्ब ४४ करोड रुपैयाँ कर निर्धारण गरिसकेको छ। यसको ब्याज र हर्जानासहित २२ अर्ब ६८ करोड रुपैयाँ बुझाउनुपर्ने छ।

‘बाँकी रकम एनसेलले किस्ताबन्दीमा यसै आर्थिक वर्षभित्र बुझाउने जनाएको छ,’ ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले भने।


प्रकाशित : २०७६ पुष १५, मंगलवार १६:५० गते

धेरै पढिएको

ताजा समाचार