काठमाडौँ — गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।उखुको बक्यौता रकम माग गर्दै काठमाडौं माइतीघर मण्डलमा आइतबार प्रदर्शनमा उत्रिएका सर्लाही सिसौटियाका किसान ।
कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो ।
सोमबार उद्योग र कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।
प्रकाशित : २०७६ पुष १५, मंगलवार १३:५५ गते


