इङ्लिश प्रिमियर लिगमा आर्सनल चेल्सीसँग पराजित


अग्रता जोगाउन नसक्दा इङ्लिश प्रिमियर लिगमा आर्सनल चेल्सीसँग पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा आर्सनलले घरेलु मैदानमा खेलको १३ मिनेटमा पियर एमरिकको गोलमा सुखद् सुरुवात गरेको थियो।

तर उसको खुशीलाई चेल्सीले ८३ र ८७ औं मिनेटमा गोल गर्दै निराशामा बदलिदियो।

चेल्सीका लागि ती गोलहरू क्रमशः जोर्गिन्हो र ट्यामी अब्राहमले गरेका थिए।

जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ भने समान खेल खेलको आर्सनलले २४ अंक जोडेको छ।जारी लिगमा चेल्सी चौथो नम्बरमा छ भने आर्सनल १२ औं स्थानमा रहेको छ।


प्रकाशित : २०७६ पुष १४, सोमबार १३:३३ गते

धेरै पढिएको

ताजा समाचार