
बिकेश कविन
पिता गौरीशंकर शाह र माता मालती देवी शाहको सुपुत्रको रुपमा इटहरी, सुनसरीमा जन्मिएका बिकेश कविन महेन्द्र बहुमुखी क्याम्पस, धरानमा स्नातक तहमा अध्ययनरत छन् ।
कविता, समिक्षा लगायत विविध साहित्यिक लेखहरुमा कलम चलाइरहेका कविनसँग नेपालि समकालीन साहित्यको वरिपरी रहेर केहि कुरा गरेका थियौं । प्रस्तुत: छ उक्त कुराकानीको संक्षिप्त अंश:-
अग्रजहरूलाई पढ्दा विगतमा कस्ता साहित्य लेखिए र वर्तमान समयमा कस्ता लेखिदैछन् र साहित्यकाे विकास कसरी गर्न सकिन्छ भन्ने कुराकाे ज्ञान हुन्छ ।
समकालीन अवस्थामा नेपाली कविता लेखन क्षेत्रले भावानात्मक भन्दा पनि बौद्धिक पक्षमा जोड दिइरहेको पाइन्छ । उसो त अग्रज बालकृष्ण सम पनि भन्थे,”कविता बौद्धिक कोमलता हो ।” फेरि बौद्धिकता भन्दैमा कविता भित्र सब्बैथोक घुसाउन पाइने कि नपाइने ? एउटा असल कविताले थाम्न सक्ने उत्तरोत्तर बौद्धिकता कहाँसम्मको हो ? तपाईं कविता लेखिरहँदा के कुरामा बेसि ध्यान दिनुहुन्छ, ‘बौद्दिक कमोलता कि जीवन सापक्षेता ?’
तपाईँकाे प्रश्नमा दुईवटा कुरा आयाे । एक मस्तिष्क, दुई हृदय । कवि महेश पाैड्याल भन्नुहुन्छ, “कविता लेख्नुभन्दा पहिले मस्तिष्कले उक्त कविता बारे एक किसिमकाे अवधारणा बनाउँने । त्यसपछि हृदयकाे मसीले उक्त कवितालाई पूर्ण रूप दिने ।” अर्थात् कविताकाे जन्मचाहिँ हृदयबाट नै भएकाे राम्राे । विचारयुक्त वा भावनायुक्त कविता हुनुभन्दा ‘विचार र भावना’ दुवैकाे फ्युजन भएकाे कविता अझ सशक्त हुनसक्ला । अब कवितालाई काेमलता प्रदान गर्ने काम त कवि मै निहीत हुने हाे । म पनि आफ्ना कविताहरूमा सकेसम्म विचार र भावना दुवैकाे रङ छर्किने प्रयत्न गर्छु । कविता बारे अझ धेरै बुझ्न बाँकी नै छ । बुझिरहेकाे छु केही केही । बुझिरहनेछु ।
समकालीन लेखिरहेका कवी लेखकहरुमा त् विदेशी साहित्य या अग्रज सहित्यकारहरुको ठुलो प्रभाव छ भन्छन नि । नेपालि साहित्य प्रभावमुक्त छ र ?
सायद ठूलाे प्रभाव छ- नेपाली कवि तथा लेखकहरूमा, विदेशी साहित्यकार र अग्रज साहित्यकारहरूकाे । र याे हुनु पनि पर्छ । अरू अन्य भूगाेल, परिवेश र समयलाई पढ्दा हामीलाई कुनै पनि क्षेत्रविशेष बहुत ज्ञान बढ्छ । अग्रजहरूलाई पढ्दा विगतमा कस्ता साहित्य लेखिए र वर्तमान समयमा कस्ता लेखिदैछन् र साहित्यकाे विकास कसरी गर्न सकिन्छ भन्ने कुराकाे ज्ञान हुन्छ । र यसरी नै साहित्यका फरक मार्गहरू पत्ता लगाएर साहित्यमा केही नयाँपन दिन सकिन्छ ।
भनिन्छ नि हरेक तेश्रो व्यक्ती कवि हो । र, हरेक दोश्रो व्यक्तिमा कविता बुझ्ने क्षमता छ । यसै कारणले गर्दा होला त् नेपाली साहित्य यति साह्रो होहल्लायुक्त र कोलाहलमय भएको ? अनि फेरी गुट उपगुट पनि खुबै छ भनिन्छ नि ! गुट उपगुट बनाएर चर्चा बटुली रहेकाहरूलाई तपाईं के भन्न चाहनुहुन्छ?
अर्काे कुरा हाे गुट र उपगुटकाे । याे विषयमा के मात्र भन्छु भने यदि ती गुट र उपगुटहरूले सकारात्मक तरिकाले साहित्यकाे सेवा गर्छन् भने त्याे ठीक हाे । तर यदि तिनीहरूका कारणले नेपाली साहित्यलाई प्रतिकूल असर परिरहेकाे छ र परस्परमा मतभेद भइरहेकाे छ भने, त्याे निकै निकै निकै गलत हाे; जसकाे कारणले नेपाली साहित्य दलदलमा फस्नसक्छ ।
प्रस्तुत: छ उहाँको तीन कविता:-
कवि महेश पाैड्याल भन्नुहुन्छ, “कविता लेख्नुभन्दा पहिले मस्तिष्कले उक्त कविता बारे एक किसिमकाे अवधारणा बनाउँने । त्यसपछि हृदयकाे मसीले उक्त कवितालाई पूर्ण रूप दिने ।”
नकच्चराे सरकार – बिकेश कविन
एउटा बालककाे हातमा पुतली थियाे
सुरुमा उसले पुतलीका आँखाहरू निकाल्याे
अनि खान थाल्याे
फेरि पुतलीका रङहरू निकाल्याे
अनि हाेली खेल्याे
फेरि पुतलीका पखेटाहरू निकाल्याे
अनि आफ्नै कायमा शुशाेभित गर्याे
फेरि पुतलीका अङ्गहरू निकाल्याे
अनि डस्टबिनमा फ्याँकिदियाे
अन्ततः उसले पुतलीका अस्थिपञ्जर निकाल्याे
आफ्नाे अहमकाे तेलमा मस्तसँग फ्राई गर्याे
अनि समस्त उसका भक्तहरूलाई महाभाेज खुवायाे ।
के तपाईँहरूलाई थाहा छ ?
त्याे बालक सरकार थियाे
त्याे पुतली जनता थियाे
अनि ती भक्तहरू सरकारका पुच्छरहरू थिए ।
अग्रजहरूलाई पढ्दा विगतमा कस्ता साहित्य लेखिए र वर्तमान समयमा कस्ता लेखिदैछन् र साहित्यकाे विकास कसरी गर्न सकिन्छ भन्ने कुराकाे ज्ञान हुन्छ । र यसरी नै साहित्यका फरक मार्गहरू पत्ता लगाएर साहित्यमा केही नयाँपन दिन सकिन्छ ।
महाकाल – बिकेश कविन
सखारै
झरीले जिस्क्याउँदै मलाई भन्याे-
‘तँ आज मर्छस्’
केही क्षणपछि बालसूर्य अायाे र भन्याे-
‘तँ आज मर्छस्’
एउटा वृद्ध वृक्षले अाफूनिर बाेलायाे र भन्याे-
‘तँ आज मर्छस्’
इन्द्रेणी पनि कुद्दै आयाे र भन्याे-
‘तँ आज मर्छस्’
राति जून र ताराहरू आए र भने-
‘तँ आज मर्छस्’
मलाई लाग्याे
आज ‘अप्रिल फुल डे’ हाे
र त सबैजना झूट बाेलिरहेछन्
तर अचम्म
सपनाले पनि त्यै कुराे भन्याे-
‘तँ आज मर्छस्’
भाेलिपल्ट सबेरै
जब बालसूर्य अाफ्नाे मुख धाेइरहेथ्याे
म भने
चिताकाे काखमा मस्तसँग सुतेथेँ ।
अन्तत:
चिताले भन्याे-
‘तँ त मरेछस्’
त्यसपछि मैले सबै कुराे पत्याएँ ।
प्रिय काजी गगन सिंह,
राजदरबारको कुनचाहिँ पिशाचले
तिम्रो दिललाई विषसँगै घोलिदियो ?
षड्यन्त्रको कुनचाहिँ पर्दाले
तिम्रो निश्चल आँखा छोपिदियो ?
निश्चल वसन्ती – बिकेश कविन
प्रिय काजी गगन सिंह,
आखिर राजनीति गर्नु भनेको
आफ्नै घाँटी रेटिनु रहेछ है !
तिमी त आफ्नी वसन्तीलाई
सदैव आफ्नो दिलको गगनमा
इन्द्रेणीझैँ सजाएर राख्थ्यौं
मायाको तालबाट कहिल्यै पनि
निस्कन दिदैनथ्यौं
सधैँसधैँ आफ्नै प्रेमिल छातीमा
तसाएर राख्थ्यौं
आफ्नो आँखाको नानी बनाएर
मलाई तिमीभित्रै समाहित गर्थ्यौं ।
प्रिय काजी गगन सिंह,
राजदरबारको कुनचाहिँ पिशाचले
तिम्रो दिललाई विषसँगै घोलिदियो ?
षड्यन्त्रको कुनचाहिँ पर्दाले
तिम्रो निश्चल आँखा छोपिदियो ?
राजनीतिको कुनचाहिँ वैरीले
तिमीलाई आफ्नो वशमा पारिदियो ?
भन त प्रिय,
आखिर कसरी गगनले वसन्तीलाई बिर्सियो ?
आखिर प्रेम सदैव प्रेम नहुँदो रहेछ
राजनीतिको पट्टीले सत्यताको आँखा छोपिदिदो रहेछ।
प्रिय काजी गगन सिंह,
गल्ती त तिम्रै हो
र त तिमीले विश्वासको पुष्प वर्षाएको हेतु
तिम्रै वैरीजस्ता विश्वासहरूले
तिम्रो मुटुभरि गोली भरिदिए
र तिम्रो अस्तित्व
तिम्रो शान, तिम्रो अहंकार
तिम्रो बल, तिम्रो प्रेम
सबैसबैको विनाश गरिदिए ।
अन्तत: तिम्रो चितासँगै सती बसेर
हामी सँगै एउटै परिधिभित्र हराइदियौँ
एउटै अग्नि भएर जलिदियौँ
एउटै खरानी भएर बाँचिदियौँ
हेर्यौं त काजी गगन सिंह,
म त तिम्रै बगैँचाको तिम्रै फूल न रहेछु
जो तिमीसँगै बाँच्यो
र तिमीसँगै मर्यो ।
प्रिय काजी गगन सिंह,
आखिर राजनीति गर्नु भनेको
आफ्नै घाँटी रेटिनु रहेछ है !


