विनय सरगमको तीन कविता !!


binay sargam

विनय सरगम

२०५२ साल फाल्गुन २९ गते  दिन पिता धन बहादुर राई र माता लक्ष्मी राईको सुपुत्रको रुपमा बुइपा खोटाङमा जन्मिएका विनय सरगम हाल इटहरीमा बसोबास गर्दछन् । निरन्तर साहित्य सिर्जनामा साधानारत सरगम नेपाली साहित्यलाई आफ्नो जिम्मेवारी ठान्दछन् । उहाँसँग समकालिन नेपाली साहित्यको वरिपरी रहेर कुरा गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको संक्षिप्त अंश:-

 

बाटो किनार उम्रीएको झारमा भएँ

र,तिम्रो पाउ पाउजुको झंकारले बिउंझिएँ

 

 

समकालीन नेपाली कविता लेखनलाई नियाल्दा, भविष्यबारे भन्दा पनि भूत र वर्तमानबारे बढी लेखिरहेको पाउँछौ यो किन भैरहेको होला ? समकालीन नेपाली कविताको भविष्य कस्तो देख्नुहुन्छ ?

धन्यवाद, शब्द नेपाल अनि कवि राजु जि।

प्रथमत: कविता एक चेत हो। जहाँ हामिले देखिरहेको समाज,हामिले बाँचेको समय-हाम्रो अनुभुती, हामिले देख्ने सपना यावत कुराहरुलाई वैचारिक/भावनात्मक कसिमा राखी शब्दहरुमा अभिव्यक्ति हुन्छ।

कविता कुन कालमा बढी लेखिएको छ भन्दा पनि कविताहरु वास्तवमा अहिले सुन्दर आइराछ, दि’रनुभाछ समकालिन कविहरुले। र, राम्रो कविता समयसंगै बाँचिरहनेछ।

४० को दशकदेखि ६० को दशकसम्म लेखिएका हाम्रा अग्रजहरुको कवितामा देश, जनता र समयले नचाहेको ध्वंसात्मक युद्द र त्यस युद्दले जनताको मनोभावनामा पारेको असर व्यथालाई मूर्त रुप दिएको देखिन्छ ७० को दशकका कवितामा तपाईं के भेट्नुहुन्छ ?  तपाईंको कविताले नेपाली समाजलाई कुन भविष्य तिर दिशानिर्देश गरिरहेको छ ?

कविता समयको स्केच पनि हो। र यो परिवर्तनशिल छ । जस्ले हरकोहिमा प्रत्यक्ष/अप्रत्यक्ष असर त पार्छ नै र, ति असरलाई हामिहरु फरक-फरक ढङ्गले अभिव्यक्त गर्छौं।

आदरणीय/अग्रज कवीलाई मेरो सम्मान साथै धन्यबाद। जस्ले हामिलाई त्यस समयको पुर्ण स्केच कवितामार्फत देखाइदिनुभयो।

कविता स्वतन्त्र हुनु पर्छ जस्को कुनै सिमा नहोस। तर पनि हामी बाँचेको परिवेशले प्रत्यक्ष असर त गर्छ नै ! हामिहरु हाम्रै परिवेश लेखिरहेका छौं।

कविता लेखनिमा समाज,समय, जिवनप्रती एउटा जिम्मेवारी हुन्छ। र त्यो भन्दा पर जहाँ अन्धकार पछि हुनेछ त्यहाँबाट उज्यालो प्रकाश देखिनेछ, हो त्यहाँ सुन्दर फुलहरु फुलिरहेको हुनेछ।

 एक पक्ष भन्छन, “नेपाली शब्दकोष पातलो छ अर्को पक्ष भन्छन, “नेपाली साहित्य अशुद्ध छ, भाषाको परिष्कार आवश्यक छ ” तपाईं के भन्नुहुन्छ ? नेपाली साहित्यको खोट औंलाउनै पर्दा तपाईं आफूलाई कुन पक्षको पक्षदार भन्न रुचाउनुहुन्छ ?

नेपाली शब्दकोष पातलो छ भन्नु विल्कुल फजुल कुरा हो। यो त अर्थवान छ-गहकिलो छ ,सुन्दर छ। सायद,समय सँगसँगै भाषाको परिष्कार हुन जरुरी होला।

नेपाली साहित्यमा खोट औलाउनु भन्दा पनि नेपाली साहित्यको सुन्दर पक्षहरु हेरौं। अध्ययन गरौँ न। हैन र ?

 

प्रस्तुत छ उहाँको तीन कविता:-


 

ढुङ्गा विनय सरगम 

 

तिमिले छुइदिए पछि/भरोसा भएँ-म इश्वर भएँ

तिमिले कुँदिदिए पछि-म मुर्ती भएँ

तिमिले खातलाए पछि/घर भएँ-म पर्खाल भएँ

तिमिले बनाए पछि/कैले सुरक्षा भएँ-कैले हतियार भएँ

चुपचाप चुपचाप म बोलिरहेछु

सायद,तिमिले मेरो मौनतालाई

नसुनेको हुन सक्छ

हो म ढुङ्गा हुँ।

 

हिड्नु  तिमि हिड्नु

मेरै छाती टेकेर हिड्नु

प्रेमिल जोडिहरु हात समाएर हिड्नु

सिकाउनु नबजात शिशुको पाइतालालाई

यिनै बाटोहरुमा हिड्नु

मलाई :तोडेर/किल्चेर हिड्नु

तिमि जिन्दगिभर हिंड्नु

म ढुङ्गा हुँ

 

म संग

ढुङ्गाकै  आखाँहरु छन

ढुङ्गाकै कानहरु छन

ढुङ्गाकै आवाजहरु छन

तर,म संग सुन्दराताका  रंगहरु तौलने

आखाहरु छैनन

बोल,कराउ,गाउ

म संग सुन्ने कानहरु छैनन

कहि कतै बिद्रोह बोल्ने

म संग आवाजहरु पनि छैनन

म ढुङ्गा हुँ।

 

तिमि आए पछि न हो

बद्लिएको मेरो रुप

जस्तो कि:-

तिमिले छुइदिए पछि/भरोसा भएँ-म इश्वर भएँ

तिमिले कुँदिदिए पछि-म मुर्ती भएँ

तिमिले खातलाए पछि/घर भएँ-म पर्खाल भएँ

तिमिले बनाए पछि/कैले सुरक्षा भएँ-कैले हतियार भएँ

 

तिमिलाइ लाग्दो हो कि

यो ढुङ्गा न हो

र यस्को मौनताकै साम्राज्य छ

यस्को लगि घडिका सुइंहरु पनि घुम्दैनन

र त यो चुपचाप चुपचाप छ

 

हो म ढुङ्गा हुँ चुपचाप चुपचाप

बोलिरहन्छु मेरा स्वरहरु

यदि सुन्यौं भने मेरो मौनतालाई

तिमिले नचिताएको म जे पनि हुनसक्छु।

 


 

“एक थोपा पानी” विनय सरगम 

 

कल्पन सक्छु कि!

म शीत हुन सक्छु

कोहि बलात्कृत नारीको आँसु हुन सक्छु

या त कसैको जवानी हुन सक्छु

हुन त म एक थोपा पानी न हुँ

 

शित हुन सक्छु

कोहि बलात्कृत नारीको आँशु हुन सक्छु

या त कसैको जवानी हुनसक्छु

हुन त म त एक थोपा पानी न हुँ।

कुनै  सागरमा हुन सक्थें

नदि छेउ कुनै रुखको पातमा हुनसक्थें

छोडौं-

म तिम्रै बगैंचामा हुन सक्थें

तिम्रै आगनको दुबोहरुमा हुन सक्थें

तर भइदियो यस्तो कि-

बाटो किनार उम्रीएको झारमा भएँ

र,तिम्रो पाउ पाउजुको झंकारले बिउंझिएँ

 

तिम्रो लागी त म

बोलेरै नबोलेझैं अनि नबोलेरै बोले झैं

धड्किएरै नधड्किए झैं

देखेरै पनि त नदेखिए झैं भएं

 

म संग पनि छन् आंशु-संवेदनाहरु

म संग पनि छन् मुस्कान-खुशिहरु

मलाई मेरै हालतमा छोडिदिनु

तर अँह,नछोइदिनु मलाई …

म बिलाई जान सक्छु तिम्रा हातहरुमा

नहल्लाउनु मलाइ …

म खसिजान सक्छु यी पातहरुबाट

 

शित हुन सक्छु

कोहि बलात्कृत नारीको आँशु हुन सक्छु

या त कसैको जवानी हुनसक्छु

हुन त म त एक थोपा पानी न हुँ।

 


 

मेरा दिनहरु विनय सरगम 

प्रथमत: कविता एक चेत हो। जहाँ हामिले देखिरहेको समाज,हामिले बाँचेको समय-हाम्रो अनुभुती, हामिले देख्ने सपना यावत कुराहरुलाई वैचारिक/भावनात्मक कसिमा राखी शब्दहरुमा अभिव्यक्ति हुन्छ।

सहरको कुनै एक अप्रचलित क्याफेको

एक कुनामा बसेर कफि पि’रहेछु

 

यहाँ बाट म सुन्न सक्छु

हतारमा कुदिरहेको यात्रुबाहक बसको ध्वनी

जाममा फसेको कुनै मोटरसाइकलको हर्न

कुकुरहरुको कर्कस लाग्ने भुकाइ

 

यहाँबाट म देख्न सक्छु

घरको छतमा हल्लिरहेको झण्डा

साइकलमा सामान बेचिरहेको ब्यापारी

सायद अफिस हिडिरहेको हतार मान्छे

र यो पनि देखिरहेछु कि

बर्षौं अघि छुटिगएको

तिमि जस्तै लाग्ने प्रतिबिम्ब

 

आस्तब्यास्त छन

यहाँबाट सुनिने आवाजहरु

यहाँबाट देखिने दृश्यहरु

यहाँबाट  देखिने सहर

 

र आजकल

यो मन पनि सहर भएकोछ।


प्रकाशित : २०७५ पुष ८, आईतवार १३:५९ गते

धेरै पढिएको

ताजा समाचार