काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रियट्स फाइनल प्रवेश गरेको छ । क्वालिफायर खेलमा काठमाडौं किङस इलाभेनलाई १ विकेटले पराजित गर्दै काठमाडौं इपीएलको फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको ललितपुलेले २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर भेट्टाएको हो । ललितपुरका कुर्सल भुर्तेलले २९ रन जोडे । उनले २७ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए ।
त्यस्तै योगेन्द्र कार्कीले अविजित २८ रन जोडे । उनले २९ बलमा १ चौका प्रहारु गरेका थिए । निकै नै रोमाञ्चक बनेको खेलमा कार्कीले ललितपुरलाई फाइनल पुर्याउन महत्वपुर्ण योगदान दिए । अर्का खेलाडी कप्तान ज्ञानेन्द्र मल्लले २१ र पवन सराफले १९ रन जोडे ।
काठमाडौंका लागि प्रदिप साहुले तीन विकेट लिए । त्यस्तै ओ’ब्रिएन र रोहन मुस्तफाले समान २(२ विकेट लिदा, साम्सद सेखले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे ।
त्यस्तै सागर पुनले २९, सिदान्त लोहनी १६ रन जोडे । काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले समान ३(३ विकेट लिदा सन्नी पटेलले २ विकेट लिए । ललितपुर र काठमाडौंबीचको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।


