२०५४ साल आश्विन ८ गते राप्ती-०७, वीरेन्द्रनगर, चितवनमा जन्मिएकी सरु कंडेलले स्नातकसम्मको पढाइ सकी सकेकी छिन् ।
हाल वीरेन्द्रनगरमै बसोबास गर्ने कंडेल साहित्यमा गहिरो रुची राख्दछिन ।

Saru Kandel
कथा, कवितामा कलम चलाइरहने सरु, कथा लेख्दा आफु अलि बेसी रमाउने बताउछिन ।
प्रस्तुत छ उहाँको कथा “आशुको मुद्दा”
आशुकों मुद्दा – सरु कंडेल
“वकिल बाबू हुनुहुन्छ??” ढोकाको ढकढक खोलेंसंगै संघारमा उभिएका करिब70/80 बर्षका बुढाले सोधेका थिए मलाई । उनको शिरमा ढाका टोपी थियो । रातो काली चेकसर्ट माथी इस्टकोट लगाएका थिए । मलिन थियो अनुहार उनको निलो आकाशमा बादलको छायां जस्तो । गाला र निधारमा हातका धर्का जस्तै धर्काहरु बनेका थिए सायद ती उनका भाग्यरेखा थिए कि??
” हजुर ,किन खोज्नुभएको होला?” उनी मेरो श्रीमानलाइ सोध्दै थिए ।
” बाबुसंग काम थियो । हुन त यहि घर हो नि है?” उनले एकटकले मेरो अनुहारमा हेर्दै भने।
मैले मुस्काएंर भने “हो यहि हो घर भित्र आउनु न बस्नु एकछिनमा आउनुहोला ।”
उनी हैन ठिक छ यहिं भनेर बाहिरको बेन्चमा बसे । तर मैले भित्र आउनु भनेर जिद्दी गरिरहें । मेरो जिद्दिपनको अघि उनको जोर चलेन उनी भित्र आए ।
“ चिया खानुहुन्छ बनाउं?” सोधें ।
“हैन नानी बाबुलाइ भेटेर गैहाल्छु । चियापानी नथालौहोलां ।” उनले भने ।
“उहाँ आउन अलि बेर हुन्छ होला आउन्जेल हामी बाउछोरी चिया पिउदै गफ गरम्ला क्या ।”
यतिबेला भने उनको मुहारमा मुस्कानको एक झल्को देखियो सायद “बा छोरी” सम्बोधनको असर होला ।
“हुन्छ हुन्छ” उनले भने ।
उनी सोफाको एक छेउमा बसेका थिए । बसेका पनि यस्तरी थिए कि लाग्थ्यो उनी सतर्क थिए उनको शरिरले सोफा नछोओस ।
“सजिलो गरि बस्नुस न बा” मैले बा सम्बोधनमा जोड दिए फेरि उनको ओठमा मुस्कान देख्न पाउने लालसाले हो कि?
“हैन सजिलै छ ।” उनले भने ।
म भान्सामा गएर चिया बनाएं ।
ठ्याक्कै मेरा बा जस्तै मैले स्वर्गीय भएका मेरा बा सम्झे । चिया बनाउदै गर्दा मेरा श्रीमान “सुरज” आए भान्सामा ।
“मलाइ कफि है? ” उनले भने ।
“मेरो हक खोसिदियो समाजले बाबू फिर्ता गरि पाउ भनेर मुद्दा लडिदिनुपर्यो ।”
“कस्तो हक?? कसले खोसिदियो?” सुरजले अचम्म मान्दै म तिर हेरे फेरि उनी तिर हेरे ।
“समाजका सबै मिलेर खोसिदिए बाबू मेरो रुने हक” उनले अनुहार मलिन बनाए ।
मैले सोधे “बालाइ भेट्यौ??”
“को बा?”
“यहांभित्र आउदां बालाइ देखेनौ?”
” ए ती बाहिर बसेका बुढा बा म त आफ्नै बा जसरी यस्तो कन्फिडेन्ससंग भन्यौ म त छक्कै परे नि” मलाइ उडाउदै उनी हासे ।
“मेरै बा जस्तो लाग्यो मलाई त ।”
“तिम्लाइ त अस्ति जाड खान पाइन बाबू मैले जाड खान पाउने केस लड्देउ भन्ने बुढा नि आफ्नै बा जस्तो लाग्या थ्यो ।” फेरि उल्ल्याए उनले मलाई ।
मैले रिसाए झै आँखा तरेर भने “छिटो आउ फ्रेस भएर कस्तो टेन्सनमा भए झै लागेको मलाई त बा जे भएनि केस तिमी लड्छौ मलाई थाछैन । “मैले आदेश दिए झैं भन्यो ।
म चिया लिएर गएं । केही मुस्काउदै उनले चिया लिए । सुरज आएर कफिको एक सुर्पी लिएपछी सोधे” अनि बा कति कामले आउनुभयो? सबै कुशल मंगल त छ नि?? ”
“खोइ के कुशल मंगल भनुं बाबू?”
“अनि कति कामले दुख पाउनुभयो त?? ”
“मेरो हक खोसिदियो समाजले बाबू फिर्ता गरि पाउ भनेर मुद्दा लडिदिनुपर्यो ।”
“कस्तो हक?? कसले खोसिदियो?” सुरजले अचम्म मान्दै म तिर हेरे फेरि उनी तिर हेरे ।
“समाजका सबै मिलेर खोसिदिए बाबू मेरो रुने हक” उनले अनुहार मलिन बनाए ।
हामी दुबै छक्क पर्यौं । यो कस्तो बेतुकको कुरा त्यो पनि कपाल फुलिसकेका बूढो मान्छेको मुखबाट?? रुने हक रे?? समाजले खोसिदियो रे??
उनले हाम्रो अनुहारमा देखे होलान किन भन्ने प्रश्न यसैले त उनले भन्न लागे ” सानै थिएं खोइ के बिराम गरेर आमाले पिट्नुभो म रोएं कहालिएर आमाले अझै पिट्दै भन्नुभो ” छोरा भएर नि रुन्छस??” त्यसपछी म चुप भएं । क्यान्सर लागेर आमा बित्नुभो । बहिनिहरु कहालिएर रोए अहं म रोइन आमा मरेर आमाको भनाइ नि मर्थ्यो र?? पक्कै मर्थेन त्यही सम्झेर रोइन । आमाको भनाइको लाज राख्न नि म रोइन । बालाइ कुक्क कुक्क गरेको देखे धेरै । तर हामी अगाडि पर्नासाथ आखामां धुलो पस्यो भन्थे । यता फर्किन्थे उता फर्किन्थे । दिन बित्दै गयो बिहे गरियो छोराछोरी भए । जिन्दगी चलिरह्यो किन रुनु रैछ र जस्तो लाग्यो । बा मरे मुटु फेरि भत्कियो एक थोपा आशु चुहाइन मैले ।
छोराछोरी नातिनातिना भरिपुर्ण मेरो घर सब्बै संगै लिएर भुंइमा पछारियो । मेरो जिन्दगी उसैगरी पछारियो । कस्तो भयो होला बाबू कल्प त जुन भकारी भरी खुशी भरिरहें त्यही भकारी लगाएको टेको भाच्चिदा?? मेरो खुशिहरु सबै माटोमा मिसिए ।
तर जिन्दगी सोचे जस्तो कहाँ भैदियो र?? 72 सालको भुकम्पले सब्बै मेरो खुशी हल्लायो भत्कायो निमिट्यान्न पार्यो । जिन्दगी भरिको दुखले बनाएको घरको घरपैचो थियो । छोराछोरी नातिनातिना भरिपुर्ण मेरो घर सब्बै संगै लिएर भुंइमा पछारियो । मेरो जिन्दगी उसैगरी पछारियो । कस्तो भयो होला बाबू कल्प त जुन भकारी भरी खुशी भरिरहें त्यही भकारी लगाएको टेको भाच्चिदा?? मेरो खुशिहरु सबै माटोमा मिसिए । एउटा बाउलाइ त्यो हात ठुनुक्कै भाचिएं त्यति दुख हुन्न जति सन्तानको चितामा आगो लगाउदा हुन्छ । म त मर्ने थिएं नि बाबू, संगै जिउने मर्ने बाचा गरेकी थिइ एउटि बुढिया त्यो चाहिं बाचिं । बाचेकी पनि किन रैछ र?? दिनरात उहीँ कोहोलो उहीँ आशुकां धारा । म ट्वाल्ल उसैलाइ हेरिरहें ।
मैले पनि बिर्सिएछु क्यारे छोरा मान्छे हुं आँसु आखाकां डिल डिल आए कसैले सम्झाइदियो तपाई त छोरामान्छे पो बुढियालाइ सम्झाउनुस बरु आफै रुन थालेर हुन्छ । यति सुनेपछी आखाकां डिल डिल आएकाआशुंहरुले पनि खस्न मानेनन । डिलमै सुकिदिए जसरी चैतमा सुक्ने गर्छन पानीका मुहानहरु ।”
उनी चुप लागे आँखा भरी भरी भरिएका आँसु गालातिर झरेनन उनको आखांभित्र कतै बिलाए । कति निपुण भएछन उनी यो कलामा मैले आँसु पुछ्दै सोचें ।
तिम्रो त मुटु नै छैन बूढो । ढुंगो रैछौ ढुंगो । न छोराछोरी एकैचिहान हुदां रोयौ न म मर्दा । कसरी सकेको ??? म यत्तिका बर्ष तिम्रो मयां मानेर बसे ब्यर्थै रहेछ । म मर्दा तिम्रा आँखा दुखको एक थोपो पनि देखिन के म त्यतिको पनि लायक छैन?? बूढो तिम्ले मेरो कत्ती मया मानेनौ
“सरकारले यसो उसो पैसा दियो झुपडी बनाएर बुढा बुढी बस्दै थिएम । त्यो पनि दैबले देखिसहेन । बुढिलाइ खोइ के ब्यथा लायो के?? तलबाट पनि माथिबाट नि वाक्नी र छेर्नी गर्न लागि । जिबनजल ख्वाउदै राखे । 3 दिनका दिन गइ । राम्रो ओखतिमुलो नपाइकन गइ । सकिन क्यारु?? मर्न दिने मेरो पनि मन होइन ।
13 दिनको क्रीया सकें । मन गरुङो भयो रुन सकिन । दुनियाको डर लाग्यो । हिजो राती उ सपनामा आइ अनि मलाइ भनी” तिम्रो त मुटु नै छैन बूढो । ढुंगो रैछौ ढुंगो । न छोराछोरी एकैचिहान हुदां रोयौ न म मर्दा । कसरी सकेको ??? म यत्तिका बर्ष तिम्रो मयां मानेर बसे ब्यर्थै रहेछ । म मर्दा तिम्रा आँखा दुखको एक थोपो पनि देखिन के म त्यतिको पनि लायक छैन?? बूढो तिम्ले मेरो कत्ती मया मानेनौ” म उसलाई के भनेर सम्झाउं बाबू भन त?? म त जकडिएको छु आमाको भनाइले?? कसरी देखाउं कि तेसैले त मेरो संसार धानेकी थिइ । त्यो थिइ र म थिएं के प्रमाण दिउ?? म बाच्नुको सार त्यसैको ओठको एक मुस्कान थियो कसरी बताम??
मलाई पनि त मन थियो उसैगरी कोहोलो गरेर रोउं उसको लागि रोएर आशुकां सागर बहाउं?? खोइ कसले मलाई बुझ्यो?? सपनामा आएर उ खुब रोइ, उसको आत्मालाइ लागेछ सायद मैले उसको मयां मानिन ।
त्यसपछि उसैले भनेको याद आउँछ, निदाउन नि सक्या छैन । आँखा झिमिक्क गर्न हुन्न उ आउछें अनि भन्छे ” बूढो तिम्ले मेरो कत्ती मया मानेनौ”
छोरिमान्छेहरु कसरी कोहोलो गर्छन संसार थर्काउछनं दुनिया रुवाउने गरि रुन्छन । छोरामान्छे एउटा कुनो भेट्टाउछन रुम कि नरुम रुम कि नरुम गर्छन । अत्ति भए दुई थोपा आँसु चुहाउछन त्यहिपनी कता समाजले देख्ने हो र छोरामान्छे भएर नि रोएको भन्दै खिस्याउने हुन भन्दै झटपट पुस्छन ।
आज आएर जसको सबैभन्दा बेशी मयां मानेथे संसारा उसैले तेरो मुटु ढुंगाको छ भनिदिइ । भन त बा छोरिमान्छे जिउ ज्याननै छोडेर रुन हुनि? अनि छोरामान्छेले 2 थोपा आँसु चुहाउन नपाउने यो कस्तो नियम हो?? छोरिमान्छे रोएको देखेर डाहा गर्छ छोरा मान्छे थुक निल्छ, सपना देख्छ, सायद म पनि यसरी रुन पाउथें भने?? आजकल त छोरिमान्छे जागिर खान्छन, घुम्न हिड्छन, केटो रोजेर बिहे गर्छन, शिक्षा स्वास्थ्य सबमा समान हक भन्छन । सबैमा बराम्बरी भनेपछी त हाम्ले नि रुन पाउनुपर्छ होइन र??? हास्न पाउनुमा बराम्बरी हक छ भने आँसु झार्नमा नि पाउनुपर्ने होइन र? ”
उनले जबाबको आस गरेका हेरेका थिए हाम्लाइ तर हामी दुबै चुप । सुरजले तिर हेरें उनको गालामा आशुंको धारा देखिरहेथें म । उनले पक्कै सम्झे होलान उनको आमा बित्दा मैले सम्झाएको” छोरा मान्छे भएर पनि रुन्छौ??”
सुरज उठेर बा भएतिर गए उनको काखमा घोप्टो परेर रुन लागे उनले सम्झाए सुरजलाइ ” नरोउ बा नरोउ बाछोरा भएर त्यो दिन रोउला जुन दिन तिमिले यो मुद्दा लडेर जित्नेछौ । अनि दिलाउनेछौ ती कुना पसेका पुरुषहरुलाइ रुने हक । बस त्यतिन्जेललाई नरोउ ,तिमी त छोरामान्छे, छोरामान्छे भएर पनि रुन्छ्न?? ”
समाप्त


