काठमाडौं। ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो।
क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ। टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले दिएको ९३ रनको लक्ष्यलाई ललितपुरले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।
ललितपुरको जितमा पवन सरार्फले २५ रनको योगदान दिए भने जय किशन कोल्शावालाले अविजित २२ तथा सन्दीप जोराले १८ रन जोडे। भैरहवाका लागि रायन टेन डेसकाटेले दुई विकेट झारे।
त्यसअघि पहिले व्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा समेटियो। भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रनको योगदान दिए भने रवि इन्दर सिंहले २५ रन जोडे।
बलिङतर्फ ललितपुरका सन्नी पटेल एक्लैले पाँच विकेट लिए भने योगेन्द्रसिंह कार्की र राशिद खानले दुई÷दुई विकेट लिए। जितसँगै ललितपुरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने समान खेल खेलेको भैरहवा छ अङ्कका साथ दोस्रो स्थानमा छ।


