मनाङ मर्स्याङ्दीले आर्मीलाई हरायो


काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लगातार आठौं जित निकालेको छ ।

आर्मीविरुद्ध एक–शून्यको जित निकालेसँगै मनाङ लिगमा एक खेल पनि नहार्ने एक्लो टिम बनेको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको स्टार भिडन्तको खेलमा मनाङको जितमा विशाल राईको एकमात्र गोल निर्णायक बन्यो । खेलको २६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औँ मिनेटमा मनाङले अग्रता बनायो । उसका लागि विशाल राईले गोल गरे । आफ्नो उत्कृष्ट टिमलाई उतारेको आर्मीले ३९ औँ मिनेटमा अर्को मौका पाएको थियो । तर सफल भएन । त्यसको दुई मिनेटपछि आर्मीका भरत खवासको प्रहारलाई मनाङका गोलकिपर विशालले नै बचाए । खेलको पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहारलाई फेरि एकपटक विशालले बचाए ।

पहिलो हाफमा एक गोलले पछि परेको आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहारलाई गोलकिपर विशालले नै बचाए । तीन जना स्ट्राइकरलाई मैदानमा उतारहेको आर्मीविरुद्ध ७६ औँ मिनेटमा मनाङका भिक्टरको प्रहार पोलमा लागेर फर्किन पुग्यो । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र मनाङले लगातार आठौँ जित दर्ता गर्यो ।

यो जितले मनाङले अंक तालिकामा दोस्रो स्थानको संकटासँग तीन अंकको अग्रता कायमै राखेको छ ।


प्रकाशित : २०७५ मंसिर २८, शुक्रबार २०:२० गते

धेरै पढिएको

ताजा समाचार