काठमाडौँ – बनेपा क्रिकेट एकेडेमी र स्पोर्ट्स सेन्टरको संयुक्त आयोजनामा स्कुल क्रिकेट लिग हुने भएको छ।
बिहीवार आयोजकले पत्रकार सम्मेलन गर्दै आगामी माघ ५ देखि १९ गतेसम्म स्कुल लिग गर्ने जानकारी दिएको हो।
लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने र सहभागी टिमलाईज्ञ दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ।
दुवै समहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। आयोजकका अनुसार लिग चरणका खेल २० ओभरमा खेलाइने र सेमिफाइनल र फाइनलका खेलहरु २५ ओभरमा खेलाउइनेछ। प्रतियोगिताका खेलहरु पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको मैदानमा हुनेछ।
प्रतियोगिताको लागि यू(१९ राष्ट्रिय टिमका पूर्व कप्तान पृथु बास्कोटालाई ब्राण्ड एम्बासडर नियुसक्त गरिएको छ।
लिगको विजेताले गनद ७१ हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २१ हजार र ट्रफी पाउनेछन्। यस्तै प्लेअर अफ दि ट्रनामेन्टले एक सेट क्रिकेट किट प्राप्त गर्नेछ।


