एजेन्सी – क्रिकेटबाट सन्यासको घोषणा गरका भारतीय ब्याट्सम्यान गौतम गम्भीरले राजनीतिमा लाग्ने सम्भावनालाई नकारेका छन् । तर आफू क्रिकेट प्रशिक्षकको रुपमा काम गर्ने संकेत भने गरेका छन् । गएको आइतबार सन्यास लिएका गम्भीरले राजनीति गर्ने अडकलबाजी गरिएको थियो । तर गम्भीरले फिरोज साह कोटला मैदानमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू राजनीतिमा आउने कुनै सम्भावना नरहेको बताए ।गम्भीरले राजनीति गर्ने विषयमा पछिल्लो समयमा आफूले पनि चर्चा सुनेको बताउँदै यसमा सत्यता नभएको उल्लेख गरे । सामाजिक सञ्जालमा राजनीतिक प्रति कडा प्रहार गर्ने गम्भीरलाई भाजपाबाट २०१९ को निर्वाचनमा उम्मेदवार बन्छन् भन्ने अड्कलबाजी गरिएको थियो ।
गएको निर्वाचनमा उनी अरुण जेट्लीको प्रचारप्रसारमा हिँडेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटर सशक्त माध्यम भएकाले आफूले त्यसमा सामाजिक विषयमा टिप्पणी गर्ने गरेको पनि बताएका थिए ।
३७ वर्षीय वायाँ हाते व्याट्सम्यान गम्भीरले भने म त्यस्तो मानिस होइन जसले ट्विटरमा मजाक गर्छन् । ‘म पनि यस देशको नागरिक भएकाले सामाजिक मुद्दा उठाउनु मेरो अधिकार हो, यही कारणले मलाई राजनीतिमा आउँदैछ भनेर अड्कलबाजी काटिएको हो’, गम्भीरले भने ।


