म्याक्सवेल र फिन्चले आईपीएल नखेल्ने


एजेन्सी – अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल र एरोन फिन्चले इण्डियन प्रिमियर लिग ९आईपीएल० नखेल्ने भएका छन् ।सन् २०१९ को आधा समय घरेलु प्रतियोगिता, इंग्ल्याण्डमा आयोजना हुने विश्वकप र त्यसपछि एसेज श्रृङ्खलामा ब्यस्त हुने भएकाले आईपीएल अक्सनमा नाम नै दर्ता नगराउने निर्णय गरेका हुन् ।म्याक्सवेल र फिन्चलाई यसअघि नै क्लबले रिलिज गरिसकेका छन् । म्याक्सवेल यसअघि दिल्ली डेरडेविल्स ९परिवर्तित नामः दिल्ली क्यापिटल्स०मा आबद्ध थिए भने फिन्च किंग्स् इलाभेन पञ्जाबमा थिए ।

सन् २०१८ मा उदय भएका नयाँ अलराउण्डर इंग्ल्याण्डका साम कुरान समूह नौ मा छन् । यो समूहमा श्रीलंकाली बलर लसिथ मालिंगा पनि छन् । अक्सन पुलमा दुई करोड भारतीय रुपैयाँको न्यूनतम मूल्यमा ब्रेण्डन म्याक्कलम, डार्सी सर्ट र कोरी एण्डरसन छन् ।भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई०ले प्रतियोगिता आयोजनास्थलको अझै टुंगो लगाएको छैन । आईपीएललाई भारतसँगै दक्षिण अफ्रिकामा पनि आयोजना गर्ने सोच बनाएका कारण अक्सन ढिला हुने भएको हो । विश्वकप सुरु हुनु दुई साताअघि मात्र प्रतियोगिता सकिने भएकाले विदेशी खेलाडीको उपलब्धता यो संस्करणको चिन्ताको विषय बनेको छ ।

 


प्रकाशित : २०७५ मंसिर २०, बिहीबार १९:३७ गते

धेरै पढिएको

ताजा समाचार