महिला साफ च्याम्पियनसिप फागुन अन्तिम साताबाट सुरु हुने


काठमाडौं । नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साताबाट सुरु हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुने जनाएको छ । खेलहरु विराटनगरस्थित शहिद रंगशालामा हुनेछ । एन्फाले ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले मिति तय गरेको जनाएको छ । महिला साफमा नेपालसहित, भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।


प्रकाशित : २०७५ मंसिर १३, बिहीबार १९:३२ गते

धेरै पढिएको

ताजा समाचार