आफूकहाँ आएको बिरामीलाई जाँच्नु त पर्ने नै भयो र भर्खरकी सुन्दर युवतीको छातिमा कान राख्न पनि असहज भएपछि लिनेकले विकल्प सोच्न थाले। त्यसपछि उनले उपाय लगाए– कागजलाई मोडेर एक भाग उनको छातिमा राख्ने र अर्काे छेउबाट कानले सुन्ने।
स्टेथोस्कोपको अविष्कार फ्रान्सका बैज्ञानिक रेने थियोफाइल हायसेनिक लिनेकले गरेका थिए । उनले यो बनाउनुका एउटा गज्जबको कहानी छ उनले यो बनाउनुका पछाडि ।
रेने थियोफाइल हायसेनिक लिनेकको जन्म सन् १९८७ मा फ्रान्समा भएका थियो। उनले आफ्नै काकाको रेखदेखमा मेडिकल क्षेत्रको पढाइ गरे । त्यसपछि उनलाई फ्रान्सको क्रान्तिमा मेडिकल युनिटका रुपमा सहभागी हुन बोलाइयो। यसरी बिचमै रोकिएको आफ्नो पढाइ उनले १८०१ मा फेरी सुरु गरे । सन् १८१५ मा शाही सत्ता स्थापित भएपछि उनी नेककर नामक हस्पिटलमा काम गर्न थाले।
लिनेकलेल स्टोथोस्कोपको अविष्कार गर्नुअघि डाक्टरले बिरामी जाँच्दा उसको मुटु नजिकै कान राखेर धड्कन सुन्ने गर्थे। रेने थियोफाइल हायसेनिक लिनेककोमा एकदिन जब मुटुको बिरामीले ग्रस्त एक सुन्दर युवती उपचारका लागि आइन् उनलाई छातिमा कान राखेर धड्कन सुन्न अप्ठ्यारो महशुस भयो।लिनेकलेल स्टोथोस्कोपको अविष्कार १८१६ मा गरे।
आफूकहाँ आएको बिरामीलाई जाँच्नु त पर्ने नै भयो र भर्खरकी सुन्दर युवतीको छातिमा कान राख्न पनि असहज भएपछि लिनेकले विकल्प सोच्न थाले। त्यसपछि उनले उपाय लगाए– कागजलाई मोडेर एक भाग उनको छातिमा राख्ने र अर्काे छेउबाट कानले सुन्ने। यसरी बनाएको कागजको ढुङ्ग्रोबाट ती युवतीको मुटुको धड्कन सुुन्न उनी सफल भए। त्यसपछि बाँसुरीबादक उनी आफ्नो कर्मबाट उत्साहित भए।
त्यो प्रयोग सफल भएपछि उनले बाँसुरी बनाइने बाँसमा एकतिर माइक्रोफोन र अर्काेरित इयरपिस लगाए। त्यसपछि त मुटुको धड्कन अझ प्रष्ट सुनिन थाल्यो। लिनेकले स्टोथोस्कोपको अविष्कार १८१६ मा गरे।उनले यसको नाम स्टथोस्कोप राखे। यो नामको राख्नुको पछाडि कारण छ। ग्रिक भाषमा ‘स्टेथोस’ को अर्थ छाति र ‘स्कोप’को अर्थ परीक्षण हुन्छ। छातिको परीक्षणलाई स्टथोस्कोप भन्न थाले।


