२०४९ माघ २६ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ५ सुन्दरबस्तीमा पिता डम्बर बहादुर विश्वकर्मा र आमा हरिमाया विश्वकर्माको कान्छो छोराको रुपमा जन्मिएका हुन्, मनोज विश्वकर्मा । जनज्योती बहुमुखी क्याम्पसबाट शिक्षा संकायमा स्नातक तह पुरा गरि सकेका मनोज साहित्य लेखनलाई आफ्नो जीवनको पाटो मान्छन् ।

Manoz Bishwakarma
“नयाँ प्रयोग र पागलपनमा बेसी मज्जा आउँछ यार”, उनि अझ थप्छन,”म हतपति एउटै विषय या शैलिमा लेख्दिन । दुख छ यसो गर्नुमा तर ‘डेड शैलि’मा कति लेख्ने ? अनि पढ्नेहरुको समय बर्वाद पनि कति गर्ने, हैन ? लेखनमा नविनता खोजिनु पर्छ । नविनताले लेख्नुको अानन्द दिन्छ ।”
उहाँसग गरिएको कुराकानीको सानो अंश:-
- कविता के हो ? तपाइँ आफै पनि कविता लेख्नुहुन्छ, कवितालाई कसरि अर्थाउनुहुन्छ ? कविता अरु साहित्यिक विधा (गजल, कथा या उपन्यास) भन्दा कसरि फरक देख्नुहुन्छ ?
कविता कला र विचारको सुन्दर अभिव्यक्ति हो । कलाले संवेदना छोएन, विचारले कलाको औंला समातेन भने त्यो कविता नभएर नारा बन्छ । र, नारालाई कविता भन्न मिल्दैन् । गजल, कथा, उपन्यास या कविता नै भन्नुस, यी सब अभिव्यक्तिका माध्यम हुन्, तर संरचनागत हिसाबले यी सब भिन्न छन् । मलाई चाही कवितामा बेसी रूचि भएर पनि होला अन्य विधाभन्दा कविता प्रयोगशिल लाग्छ ।
भानुले पनि आफ्नो समय लेखेर गएकै छन् । रिमालले ‘आमाको सपाना’मा देश लेखेका छैनन् र ? श्रवण दाजुले ‘बिर्से नगर्चीको बयान’ लेख्नुभएको छ ।…लेखिएको छ नि ।
- समकालीन लेखिरहेका कवी लेखकहरुमा त् विदेशी साहित्यको ठुलो प्रभाव छ भन्छन नि ! नेपालि साहित्यमा विदेशी साहित्यको प्रभाव कत्तिको छ ?
म विशेषत: गद्द कविता लेख्छु, लेखिराछु ! र, गद्द कविता उतै देखि आएको हो ।.. देवकोटाले, लामिछानेले, बीपीले, या समले जे लेखे त्यसमा विदेशी साहित्यको प्रभाव भेटिएको कुरा त् आइ नै रहेको छ ! शंकर लामिछानेले पत्र लेखेरै भन्ने हिम्मत जुटाउनु भयो, बालकृष्ण सम दिल खोलेरै सेक्सपियरको प्रभाव परेको हो भनेर बोल्नुभयो । उसैगरी चोरीको आरोप त् बैरागी काइँलाले पनि खेपिरहनु भएको छ । प्रभाव भईकन पनि मौलिक भएको छ, सरूभक्तको “चुली”। “मिझोर” र “निशब्द” कबितासङ्ग्रहका कवि प्रशन्न घिमिरे भन्नुहुन्छ-“कतिपय अवस्थामा लेखकको दृष्टिकोण, बिषय चिन्तनको गहिराई एकै हुदाँ पनि प्रभाव जस्तो देखिन्छ ।” प्रभाव सृजनाको शक्ति हो तर प्रभावलाई मौलिकता दिन पनि सकिन्छ ।
हाम्रो साहित्य विश्व सामु कम पुगेर हुन सक्छ, नत्र यहाँ थुप्रै कृतिहरु छन् जो विश्व साहित्यिक मंचका लागि योग्य छन् । नेपालको परिचयक बन्ने क्षमता राख्दछन् ।
- भनिन्छ नि,” उन्न्नैसौं शताब्दीमै वेलायती साहित्यले त्यहाँको सामाजिक, आर्थिक, राजनैतिक स्थितिको परिचय दिइसकेको छ !” के देख्नुहुन्छ नेपालि साहित्य आजको समयसम्म आइपुग्दा नेपालको परिचयक बन्न सकेको छ ? कि विदेशी साहित्यको प्रभावबाट मुक्त हुन् अझै पनि सकेको छैन ?
हो, उन्नैसौं शताब्दिमै त्यहाँको लेखक, कवीहरुले बेलायत लेखिसकेका थिए । किनकि उनीहरुसँग विज्ञानले दिएको आखा थियो । प्रविधिले दिएको चेतनशिलता थियो । हामिसँग त्यो सब थिएन । फेरी त्यै शताब्दीमा उनीहरु कहा ठुल्ठुला घटनाहरु घटे । तेत्रा तेत्रा विश्व युद्दको चपेटा परे ।..त्यसको प्रभाव त् रहने नै भयो,…यसैले उनीहरु चाढै सतर्क भए । मानसिक परिवर्तन आयो,….तर हामि कहा त् भर्खरै घटनाहरु घटिरहेका छन् । चेताशिलता बढी रहेको छ । विकास भैरहेको छ ।….अहिले किन लेखिएको छैन ?…लेखिएको छ नि ।
भानुले पनि आफ्नो समय लेखेर गएकै छन् । रिमालले ‘आमाको सपाना’मा देश लेखेका छैनन् र ? श्रवण दाजुले ‘बिर्से नगर्चीको बयान’ लेख्नुभएको छ ।…लेखिएको छ नि ।
पश्चिममा साहित्य या भन्नुस विश्वका सम्पूर्ण बिज्ञान, दर्शन, अध्यात्मको जरा खोज्पुदै जाने हो भने पूर्वीय वेदमा भेटिन्छ भन्छन् बिद्धानहरू, मेरो अध्ययन त्यो हदसम्म गहिरिसकेको छैन । हाम्रो साहित्य विश्व सामु कम पुगेर हुन सक्छ, नत्र यहाँ थुप्रै कृतिहरु छन् जो विश्व साहित्यिक मंचका लागि योग्य छन् । नेपालको परिचयक बन्ने क्षमता राख्दछन् । नयाँ पुस्ता तथा समकालिनहरुका अध्ययन र उर्जाको तरङ्गले मौलिकताको बिउँ लोभलाग्दोसङ्ग उम्रिएको देखिरहेछु म ।
प्रस्तुत छ उँहाको तिन कविता:
कुनै एक बेला
————-
म अन्तरिक्षमा तैरिएको हुन्थेँ-
सृष्टिको सृजना झैँ !
वेपर्वाह थिए-
भबिष्य र दुनियाँसगँ !
मेरो पृथ्वीमा
दिउँस भरि-भरि वसन्त
र साझ बा समक्ष शरद आउथ्यो
कुनै एक बेला !
कुनै एक बेला
हिमालको उचाईले
आखाँको गहिराईले
भत्काउथ्यो मुटुको प्लट
लेखाउथ्यो प्रेम कबिता
कन्पटबाट बग्ने केशको बाछिटाले !
कुनै एक बेला
सोचको साँघुरो आकाशमा
बसाई सरि जान्थ्यो सुदूरतिर सुर्य
भूमिगत भई जान्थ्यो जूनपनि
र म निराश निराश होई जान्थे-
मेरो जन्मदेखि
उदास उदास होई जान्थें-
मेरो अस्तित्वदेखि
कुनै एक बेला…..
कुनै एक बेला
मौन मनको छाल बौलाउछ सुन्दरसगँ
जन्मिन्छ सानोतिनो सुनामी
मथिङ्गल तितरबितर बनाउने गरि
झडप हुन्छ दर्शनहरुको-
जोन लेननको गितमा
झुमिदिन्छ एडोल्फ हिटलर
हल्लाईदिन्छ
महात्मा गान्धी
मलालालाई दागिएको गोलीले
ईश्वरलाई मृत पारेर
चिच्याउछ
फ्रेडरिक नित्से
“कम्युनिष्ट म्यानीफेस्टो”
आर्किमेडिजले झ्वाट्ट भेटे झै “युरेका”
स्वाट्ट छिर्छ
यि दर्शन दिमागको छिद्रबाट
तर निस्कन्छ वाहियात निष्कर्ष बनेर
कुनै एक बेला !
कुनै एक बेला
मरुभूमिको फुस्रो सतहमा रगडिन्छ पैताला
र उत्पति हुन्छन्-
हजारौं दुख्खको पिरामिड !
कुनै एक बेला
म लेखिरहन्छु कबिता
वाचन गर्छु-जोन गिन्सवर्ग झै
तर मस्त सुतिदिन्छ दुनियाँ
कुनै एक बेला…………
कविता कला र विचारको सुन्दर अभिव्यक्ति हो । कलाले संवेदना छोएन, विचारले कलाको औंला समातेन भने त्यो कविता नभएर नारा बन्छ । र, नारालाई कविता भन्न मिल्दैन् ।
सतीदेवीलाई चिठ्ठी
————–
डियर सतीदेवी!
मेरो आधापन तिमीभित्रै आत्महत्या गर्न चाहान्छ
मेरो ईन्द्रिय चाहन्छ तिमीलाई नै महसुस गर्न।
मलाई तिम्रो छातीको न्यानोमै सेकिएर बाँच्नु छ
एक जन्म
मलाई तिम्रो काखमै पल्टिएर निदाउनु छ
एक जन्म
डियर सतीदेवी
लाग्छ
जुनदिन तिमी जन्मिकि थियौ
त्यही दिन पहिलोपल्ट मुस्कुरायो ब्रह्माण्ड
त्यही दिन नै पूर्णता पायो यो सृष्टिले
बनेँ
– हिमाल, हिउँ धरतीमा
– तारा, जुन आकाशमा
र यो पृथ्वी
पृथ्वी जस्तो भयो।
तिमीलाई थाहा छ सतीदेवी
म महादेव
त्यही दिनदेखि त शिरमा बोकिहिड्छु
-धरतिको गङ्गा
-आकाशको जून
डियर गौरा!
तिमी जुन नदी किनारमा कुरिरहन्थ्यौ मलाई
वालुवामा बनाएर मेरै प्रतिमा
तर म
आउनै सक्दिनथेँ, त्यहाँ
यदि आउथेँ भनेँ
मेरो छातीमा रोपिन्थ्यो मैले नै बनाएको त्रिशूल।
हो सतीदेवी!
दुनियाँले जान्दै जान्दैन कि म कति पल्ट
शमशान घाट पुगेँ
आफ्नै हत्या गर्न
तिमीलाई पनि थाहा नहुन सक्छ
तिम्रा यादहरूको डोज कालकुट बनेपछि
म वर्षौँ वर्ष जम्थेँ कैलाशमा अनि पग्लिएर
बग्थेँ तिमीले पुज्ने नदीको किनारै किनार
र खस्थेँ तिम्रै अञ्जुलीबाट उचालिएर।
प्रिय दक्ष प्रजापति पुत्री!
जुन दिन थाहा पाएँ-
तिम्रा पिताले कि म त्रिशूल बनाउँछु
र मैले छोएँ तिम्रा “अञ्जुलीका औँलाहरू”
केही थान राक्षसजस्ता भगवानहरूले
तिम्रो भगवानको
निधारमै रोपिदिएँ त्रिशूल
जसलाई दुनियाँले
त्रिशूलको ‘शूल’ हटाएर ‘नेत्र’ भन्छ।
जुन दिन थाहा पाएँ-
तिम्रो पिताले दैलोमा बस्न नदिएको मान्छे
दिलमा बस्यो भनेर
धर्मशास्त्र
र कानुन
दुई
याँमानको तुनाले
मेरो शरीरलाई डमरु बनाएर बजाइरहे नथाकुञ्जेल
र कैद गरिदिएँ
बासुकीहरूको सहरमा!
त्यही बेलादेखि मलाई लागेको हो-
पशुहरू मानिसभन्दा जाति हुदाँरहेछन्।
डियर गौरा!
म त्यही कैदबाट
लेखिरहेछु यो पत्र
पुग्छ पुग्दैन तिमी सामु
तर सुन्नु तिमीले बतासको ढुकढुकी।
डियर सतीदेवी!
म यो कैदबाट
भनिरहेछु
– आऊ
अब यस्तो एउटा प्रण गरौँ ताकी
कुनै पनि सतीदेवीले
कुनै पनि युगमा
चुकाउनु नपरोस् प्रेमको मूल्य- आत्मदाह।
डियर सतीदेवी आऊ
अब यस्तो एउटा प्रण गरौँ ताकी
तिम्रो शव हैन
म बोकेर हिड्न सकुँ
यो सारा जगतमा
हाम्रो प्रेम
र जहाँ-जहाँ खस्छन् हाम्रो प्रेम
त्यहाँ त्यहाँ उत्पति होस् धरतिकै सुगन्धित फूलहरू !
पहाडको कथा
————-
आवारा बतासलाई प्रेम गर्नु
बतासले नै चुट्दा चुट्दै
ढुङ्गा बनाई दिनु हृदय
आफ्नो मुस्कान सुम्पिदिनु
फूललाई
चरालाई दिई दिनु
आफ्नै छातीको गुडँ
र पनि
ऋतु बदलिए सङ्गै बदलिदिनु
फूलको रङ्ग
ऋतु बदलिए सङ्गै छाडि उड्नु
चराले गुडँ
र हृदय फेरि बनिदिनु ढुङ्गा
आदत वश
पुन: उमार्नु
बर्षौ बर्ष लगाएर बिश्वास
बिश्वासकै छहारीमा पल्टिनु र निदाउनु एक पल
निदाउदा निदाउदै उख्लिसक्नु बिश्वासको रूख
र खाल्टो पर्नु हृदयमा
हृदयको त्यो खाल्टोमा
फेरि उम्रिदिनु ढुङ्गा
यसरी नचाहेरै
ढुङ्गै ढुङ्गा थुप्रियो हृदयमा
र उ पहाड बन्यो
उस्ले झेल्नु झेल्यो
बतासको निष्ठुरीपन
उडि जाने चराको मन
बदलि जाने फूलको रङ्ग
र पनि मुस्कुराएरै उभ्भिदियो
एक जन्मभरि…
मुस्कुराएरै
सम्हालेर राख्न चाह्यो
शुभकामना दिदै हिड्ने बाटो
सम्हालेरै राख्न चाह्यो
छातीको कापबाट चुहिने
प्रेमको मुहान
तब सम्म सम्हालिरह्यो
जबसम्म
प्रेमको गित गाउदै
बग्दै थियो नदि
नदि
नुहाउदै थियो
पश्चिम क्षितिजको सुर्यभित्र !


