पाकिस्तानमाथि न्यूजिल्याण्डको रोमाञ्चक जित


काठमाडौं । अबुधावी आज सम्पन्न पहिलो टेष्टमा न्यूजिल्याण्डले पाकिस्तानमाथि रोमाञ्जक जित हात पारेको छ । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो पारीमा सबै विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सकेपछि ४ रनको रोमाञ्चक जित हात पारेको हो । विना विकेटको क्षतिमा बनाएको ३७ रनबाट चौथो दिनको खेल थालेको पाकिस्तानले थप १३४ रन जोड्दा सबै विकेट गुमायो । पाकिस्तानका बाबर आजम पाँचौं विकेटका रुपमा रन आउट भए, जतिबेला टिमको स्कोर १४७ रन थियो । तर, आजाद पटेलले घातक बलिङ गरेपछि पाकिस्तान धराशायी भयो ।अन्तिम विकेट बाँकी छँदा पाकिस्तानलाई १२ रन चाहिएको थियो । तर, पटेलले अजहर अलीलाई इलबीडब्लू धरापमा पार्दै न्यूजिल्याण्डलाई रोमाञ्चक जित दिलाए । पाकिस्तानमा अली ६५ रनमा आउट भए । पटेलले ५ विकेट लिए ।न्यूजिल्याण्डले पहिलो पारीमा १५२ र दोस्रो पारीमा २४९ रन बनाएको थियो । पाकिस्तानले भने पहिलो पारीमा २२७ रन जोडेको थियो । जितसँगै तीन टेष्टको सिरिजमा न्यूजिल्याण्डले १-० को अग्रता लिएको छ ।


प्रकाशित : २०७५ मंसिर ३, सोमबार १८:४० गते

धेरै पढिएको

ताजा समाचार