डीपीएल माघ १९ देखी सुरु हुने


धनगढी– तेस्रो संकरणको धनगढी प्रिमियर लिग रुस्लान (डीपीएल) आगमी माघ १९ देखी फगुन ४ सम्म हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । डीपीएलमा ६ शहरमा ६ टिम रहेका छन् ।अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषावकर, काठमाडौंको बसन्त रेग्मी, रुपन्देहीको शक्ति गौचन, कञ्चनपुरको विनोद भण्डारी र धनगढीको पारस खड्का कप्तान छन् । गत बर्ष आयोजक धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउदै उपाधि जितेको थियो । तेस्रो संकरणको डीपीएलको पुरस्कार घोषणा गरिएको छैन । यस पटक डीपीएलका खेल प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरु हुने भएका छन् ।


प्रकाशित : २०७५ कार्तिक ३०, शुक्रबार १६:३९ गते

धेरै पढिएको

ताजा समाचार