फेरि घट्यो पेट्रोल र डिजेल मूल्य !


काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । बिहिबार भारतमा पेट्रोल र डिजेलको मूल्यमा गिरावट आएको हो । आज भारतको राजधानी दिल्लीमा पेट्रोलको मूल्यमा १५ पैसा डिजेलमा १० पैसा घटेको हो । घटेको मूल्यसँगै अब दिल्लीमा पेट्रोलको मूल्य ७७।२८ भारु ९१ सय २४ नेरु० र डिजेलको मूल्य ७२.०९ भारु ९१ सय १५ नेरु० पर्ने भएको छ । भारतमा पछिल्लो १ महिनादेखि पेट्रोलको मूल्य ५ रुपैयाँ प्रतिलिटर पैसा कम भइसकेको छ । यसरी भारतमा पेट्रोलियम पदार्थको मूल्य लगातार घटिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्नेछ । भारतमा अहिलेको मूल्यमा पेट्रोलियम पदार्थ बिक्री भइरहने हो भने नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना देखिन्छ ।

 


प्रकाशित : २०७५ कार्तिक २९, बिहीबार १९:२७ गते

धेरै पढिएको

ताजा समाचार