यस्तो छ आजका लागि फलफूल तथा तरकारीको निर्धारित मूल्य


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडाको मूल्य प्रकारअनुसार फरक–फरक रहेको छ । ठूलो भारतीय गोलभेँडा प्रतिकिलो रु १०५, सानो लोकल रु ६५, सानो टनेल रु ९५, सानो भारतीय रु ८५ र तराईको सानो गोलभेँडा रु ९० कायम गरिएको छ। आलु रातो प्रतिकिलो रु ३२ र भारतीय आलु रु २७ रहेको छ भने सुकेको भारतीय प्याज प्रतिकिलो रु ४६ तोकिएको छ ।


प्रकाशित : २०८२ माघ ३, शुक्रबार ०८:१९ गते

धेरै पढिएको

ताजा समाचार