काठमाडौं । शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन आवश्यक संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकमाथि दलहरूबीच सहमति जुटेको छ ।
विधेयकमा रहेका विवाद टुंगो लगाउन बनेको गृहमन्त्री रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का नेता जर्नादन शर्मा रहेको कार्यदलले विधेयकमाथिको विवादमा सहमति जुटाएको हो ।
सोमबारको समिति बैठकपश्चात् बाह्रखरीसँग कुरा गर्दै एमाले मुख्य सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटिसकेको भन्दै भएका सहमतिलाई ‘डकुमेन्टेड’ गर्नमात्र बाँकी रहेको बताए ।
विधेयकमा रहेका विवाद मिलाउन भन्दै गत असार १३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित छलफल गरेका थिए ।


