सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (साउन २० गते, बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।
कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।


