बैशाख १७ पर्सा – वीरगञ्जको नारायणी अस्पतालमा आइसीयूमा भर्ना भएका दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए।
यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ ।
प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार १३:४३ गते


