पाहुना टोली अष्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्विप !


एजेन्सी – अष्ट्रेलियाबीरुद्धको ३ टी-२० क्रिकेट श्रृंखलामा पाकिस्तानले क्लिन स्विप गर्दै ३- ० ले जितेको छ । पहिलो खेल ६६, दोस्रो खेलमा ११र आइतबार राती भएको तेस्रो खेलमा अष्ट्रेलियायालाई ३३ रनले पराजित गर्दै क्लिन स्विप गर्न सफल भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निधारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५० रन बनाएको थियो । ओपनर बाबर आजमले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए । त्यसतै हफिज ३२, फहरानले ३९ र शोएब मालिक १८ बनाए ।मिचेल मार्श २, नाथन लायन, एन्ड्रयु ट्राई र एडम जम्पाले समान एक एक विकेट हात पारे ।१ सय ५१ रनको सामान्य लक्ष्य पक्ष्याएको अष्ट्रेलिया १९.१ ओभरमा अल आउट हुदैॅ १ सय १७ रनमा समेटियो ।अष्ट्रेलियाका लागि एलेक्स क्यारिले २०, क्रिस लाएन १५ , बेन म्याकडममोर्ट र मिचेल मार्शले समान २१ रन बनाए । पाकिस्तानका सादव खान ३ विकेट लिदा हसन अली २ तथा उस्मान खान, मोहमम्द हफिज र फहिम असहर्फले समान एक बिकेट लिए ।


प्रकाशित : २०७५ कार्तिक १२, सोमबार ११:१२ गते

धेरै पढिएको

ताजा समाचार