पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुँदै


काठमाडौं- गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

काठमाडौं मेडिकल कलेजका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् ।

शाक्य ९ गतेदेखि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । पाइलट शाक्यको मेरुदण्ड र करङमा चोट लागेको थियो ।

डिस्चार्ज भए पनि उनलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले जहाज दुर्घटनाबारेमा कुनै किसिमको टिप्पणी गर्न र बोल्न रोक लगाएको छ।


प्रकाशित : २०८१ श्रावण १७, बिहीबार १६:२६ गते

धेरै पढिएको

ताजा समाचार