मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मंगलबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन अपराधको अनुसन्धानका लागि ३ महिनाको समय तोक्ने गरी कानुन संशोधन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
मानव बेचबिखनको अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त नहुने भन्दै कानुन संशोधन गरेर ३ महिनाको समय बनाइने मन्त्री लेखकको भनाइ छ ।
मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र पर्याप्त नहुने भएकाले नागरिकमा जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए ।
भिजिट भिसाको नाममा मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले कारबाही अगाडि बढाएको पनि उनले बताएका छन् ।
यसै गरि ७५३ वटै पालिकाबाट मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग आवश्यक रहेको उनको भनाइ छ ।