पहिरोले कान्तिलोकपथ अवरुद्ध


काठमाडौँ र हेटौँडालाई जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत  ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो । 

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ ।

अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ श्रावण १३, आईतवार १६:३३ गते

धेरै पढिएको

ताजा समाचार