वाल स्क्वाट अर्थात् भित्तामा ढाड टाँसेर गरिने मलासन र ‘प्ल्याङ्क’ भनिने घोप्टिएर गरिने फलकासन रक्तचाप घटाउन सर्वोत्तम उपाय भएको निष्कर्ष एउटा अध्ययनले निकालेको छ। यूकेका अध्ययनकर्ताहरूका अनुसार हिँडडुल गर्ने, दौडिने र साइकल चलाउनेजस्ता कार्यमा जोड दिने विद्यमान प्रचलनलाई परिस्कृत गर्नुपर्छ।
तर वाल स्क्वाट र प्ल्याङ्क ले एरोबिक अभ्यासले भन्दा धेरै रक्तचाप घटाउन सक्ने जनाइएको छ। शरीरमा बल बढाउनका लागि मांसपेशी वा जोर्नीलाई हलचल नगराईकन यी आसनहरू गरिन्छ।
प्ल्याङ्क अर्थात् फलकासन गर्दा कुहिनालाई कुमको सीधा तल राखिन्छ र खुट्टा पछाडि सारिन्छ। यसबाट पेटका मांसपेशीहरू बलिया हुन्छन्।
वाल स्क्वाट गर्दा पैतालालाई भित्ताभन्दा दुई फीट पर राखिन्छ र तिघ्रालाई भुइँसँग समानान्तर हुनेगरी ढाड भित्तामा टाँसेर बसिन्छ।
एरोबिक अभ्यासका तुलनामा आइसोमेट्रिक अभ्यासहरूले शरीरमा निकै भिन्न दबाव दिने उक्त शोधका लेखक डा जेमी ओड्रिस्कोलले बताउनुभयो। उहाँ क्यान्टरबरी क्राइस्ट चर्च यूनिभर्सिटीसँग आबद्ध हुनुहुन्छ ।
‘त्यसरी दुई मिनेटसम्म बस्दा मांसपेशीमा दबाव बढ्छ र पछि सहज अवस्थामा जाँदा रक्त प्रवाह अकस्मात् बढ्छ,’-उहाँ भन्नुहुन्छ । त्यसले रक्त प्रवाह बढाउँछ तर तपाईँले सास लिने चाहिँ गरिरहनुपर्छ।