नेपाल राष्ट्र बैंकले गर्यौ मौद्रिक नीति सार्वजनिक


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । चालू आर्थिको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखेको छ ।
मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भयो । सोहीअनुसार विस्तृत मुद्राप्रदायको लक्ष्य १२ प्रतिशत मात्रै हुने लक्ष्य पनि मौद्रिक नीतिले राखेको छ ।
कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ । भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालन मार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गरिने पनि मौद्रिक नीतिले उल्लेख गरिएको छ ।


प्रकाशित : २०८१ श्रावण १२, शनिबार १९:३८ गते

धेरै पढिएको

ताजा समाचार