
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। यो निर्णयसँगै गडतौला पहिलो महिला मुख्यसचिव भएकी छन्।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।
गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन्। उनी २०७७ कात्तिकमा सचिव भएकी थिइन्।
प्रकाशित : २०८१ श्रावण १०, बिहीबार १७:२५ गते


