त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना १८ जनाको मृत्यु


९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । उडानको क्रममा धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् ।नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारमा सहभागी थिए ।

शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो ।
उक्त दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली संगै गृहमन्त्री रमेश लेखक पनि विमान दुर्घटनास्थल पुगेका थिए ।
अहिले उद्धारको काम सकिएपछि खुल्यो त्रिभुवन विमानस्थल संचालनमा आएको छ ।


प्रकाशित : २०८१ श्रावण ९, बुधबार १३:४६ गते

धेरै पढिएको

ताजा समाचार