कोभिडविरुद्धको खोप कार्ड हरायो? चिन्ता नगर्नुहोस ।


काठमाडौँ — कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ ।

दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने सूचनामा जनाइएको छ ।

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।


प्रकाशित : २०७८ माघ ६, बिहीबार १५:१९ गते

धेरै पढिएको

ताजा समाचार