चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई नजिकै सिमल डाँडा खेत नगरमा शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ ।
अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । मृतकको सनाखत भएको छैन । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिएका छन् ।
प्रकाशित : २०७८ श्रावण ७, बिहीबार ११:१५ गते


