‘सिक्रेट न्युडिष्ट भिलेज’


विश्वमा कैयौं यस्ता शहर छन्, जहाँ आआफ्नै रितिरिवाज, परम्परा र चलनले ती स्थान चर्चित छन् । यस्तै स्थान मध्ये एक हो, सिक्रेट न्युडिष्ट भिलेज ।बेलायतमा रहेको सिक्रेट भिलेजमा पत्याउन नसकिने रहनसहनको चलन छ ।

ब्रिटेनको हर्टफोर्डशायरको ब्रिकेटवुड देखी धेरै टाढा एउटा  गाउँ छ “स्पिलप्लाट्ज” । उनीहरु गरिब भएर वा कपडा नभएर नलगाएका होइनन् बर्षौदेखिको परम्पराको निरन्तरता अनुसार उनीहरु कपडा लगाउँदैनन् ।

यस सिक्रेट गाउँका मानिसमा मूलभूत सुविधाको कमी छैन । तर परम्परा र मान्यता अनुसार यहाँका मानिस बिना कपडा बस्ने गर्दछन् । कतिसम्म भने यहाँका बालक वृद्ध मात्र नभई वयस्क र महिला समेत नागों बस्दछन् ।बेलायतको यो गाउँ पुरानो गाउँ मध्ये एक हो, जहाँ राम्रा घरहरु मात्र नभई शानदार स्विमिंग पूल सुविधा समेत उपलब्ध छ । पछिल्लो ९० बर्षदेखि यस गाउँमा मानिसको बसोबास हुदैँ आएको छ ।

बिशेष गरी पर्यटकहरु यस गाउँमा आई यहाँको रहनसहन संग रमाउने गर्दछन। यहाँ ५० भन्दा बढी भिलेज रिसोर्ट रहेका छन ।


प्रकाशित : २०७८ श्रावण ४, सोमबार १४:१६ गते

धेरै पढिएको

ताजा समाचार