वैशाख २५, काठमडौं – अक्सिजन अभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार दुई जना कोरोना संक्रमितले ज्यान गुमाए । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ ।
अस्पतालमा अक्सिजन सकिएपछि भेन्टिलेटरमा उपचारत एक बिरामीको त्यही मृत्यु भयो भने अर्का एकलाई अर्को अस्पताल लैजाने क्रममा ज्यान गएको थियो।
दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहेपनि रोटेसनमा १७० सिलिण्डर अक्सिजन तीन वटा कम्पनीबाट ल्याउने व्यवस्था मिलाइएको छ । उद्योगले क्षमताअनुसार अक्सिजन उत्पादन गरेकै छ, तर पहिलेभन्दा चारगुणा माग बढेका कारण आपूर्तिमा समस्या आएको छ ।
यो घटनाले काठमाडौं उपत्यकामै कोरोना संक्रमितहरु कति जोखिममा छन् भन्ने देखाउँछ ।


