बैशाख १३, काठमाडौं- कोभिड-१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको छ ।
सो अवधिसम्म शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिस सेवा मात्र सञ्चालन हुने प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै आएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न विषय समेटेर आवश्यक सावधानी अपनाउन सर्वसाधारणसँग अपिल गरिआएको छ ।-
प्रकाशित : २०७८ बैशाख १३, सोमबार १२:१३ गते


