आज श्रीरामनवमी पर्व मनाईदै


वैशाख ६,काठमाडौं- भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणक कारण स्वास्थ्य मापदण्ड अनुसार भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

त्रेतायुगमा आजकै दिन अयोध्याक राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लीई भगवान् श्रीरामको जन्म भएको थियो ।जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गर्दछ।


प्रकाशित : २०७८ बैशाख ८, बुधबार ११:२३ गते

धेरै पढिएको

ताजा समाचार