२०७८ बैशाख ७ पाल्पा- पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
मित्याल रामपुर सडक खण्ड अन्तरगतको कच्चि सडकखण्डमा पर्ने खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नं. को जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको र अन्य ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ ।
जीप सडकदेखि करिब ५ मिटर तल खसेर सालको रुखमा अड्किएको हुँदा ठूलो क्षति नभएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


