वैशाख ७ काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । बढ्दो कोरोन संक्रमणलाई मध्यनजर गरी सिरिजका बाँकी खेलमा दर्शक प्रवेशमा रोक लगाईएको हो।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी गराए ।
क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेपछि बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ ।
आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ । यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो ।


