वैशाख ४, काठमाडौं- ट्रयांगल टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने गर्ने भएको छ ।
कीर्तिपुरकोटीयू क्रिकेट मैदानमा भैरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।
सिरिज नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको हो। जसमा नेपाल र नेदरल्याण्ड्ससँगै मलेसिया समेत सहभागी हुँदैछ ।
आजको खेलमा नेपालका कुशल भुर्तेल, आसिफ शेख र शाहब आलम पहिलो रोजाइमा पर्दै टी–२० क्रिकेटको अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । डेब्यु गर्ने तीनै खेलाडीले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।


