भरतपुर,चितवन
हाम्रो शान, हाम्रो स्वाभिमान, रास्ट्रीय झण्डा, हाम्रो पहिचान भन्ने मुल नाराका साथ सामाजिक संस्था हेल्प फर हेप्पीनेसले भरतपुरको चौविसकोठीमा जमिन सतह देखी ६५ फिट उचाइमा २४ फिट लम्बाइ भएको नेपालको राष्ट्रिय झण्डा फहराउने भएको छ।
चौविसकोठी स्थित पहिला शालिक भएको ठाउँमा भरतपुर वार्ड न. १० सङ सहकार्य गरि सामाजिक संस्था हेल्प फर हेप्पीनेसको आयोजना र पैयुँ ईन्जिनियरिङ प्रा. लि. को टेक्निकल सहयोगमा सहिद दिवसको अवसर पारेर राष्ट्रिय झण्डा राखिने भएको हो। राष्ट्रिय एकतामा गोलबद्द हुने सन्देश र पर्यटन पर्बर्धन गर्ने हेतुले यो कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष नवीन तिवारी ले बताउनु भएको छ।
कार्यक्रम माघ १६ गते दिउसो १ बजे सहिद दिवसको अवसर पारेर विभिन्न अतिथीहरुको उपस्थितिमा गर्न लागेको र यस कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोग रहेको कार्यक्रम सम्योजक रमन वाग्ले ले बताए।
हेल्प फर हेप्पीनेस सामाजिक एबम परोपकारी संस्थाले देशका बिभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको र आपतकालीन अवस्थामा रक्तदाता खोजी बिरामीलाई रगत उपलब्ध गराउने, विभिन्न ठाउँमा मिनि लाइब्रेरेरी खोल्ने, बिपन्न बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, विभिन्न ठाउँमा स्वास्थ सिबिर गर्ने, शैक्षिक सामाग्री बितरण गर्ने, बिपन्न अवस्थामा रहेका परिवारलाई खाद्यन्न तथा लत्ताकपडा सहयोग गर्ने, ट्राफिक सचेतना कार्यक्रम, विभिन्न जनचेतनाका कार्यक्रम साथै समाज परिबर्तनका निम्ति उल्लेखनीय काम गर्दै आएको र आगामी दिनमा पनि स्वच्छ सुन्दर समाज निर्माणको लागि दृढ़ संकल्प बोकेर अगाडी बडेको अध्यक्ष तिवारीले बताए।


