आज जनवरी २८, विश्व नर्सिङ्ग दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाईयो। नर्स ति व्यक्ति हुन् जसले सेतो पहिरनमा अस्पताल वा स्वास्थ्यसंग सम्बन्धित निकायमा रातदिन नभनि सेवा प्रदान गर्दै आइरहेका छन्। नर्सिङ्ग पेशा तेस्तो सेवा हो जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने ,स्यारसुसार गर्ने, र पुनर्स्थापना गर्ने कार्य गर्दछ।
यस पेशाको इतिहास हेर्दा फ्लोरेन्स नाईटिङ्गल नामक महिलाले दोश्रो विश्व युद्धमा घाईते सिपाईको सेवा गरी रोग र पिडा बाट मुक्त गराउन सहयोग गरेकाले तेस समय बाट अस्पताल र समुदायमा नर्सिङ्ग सेवाको सुरुवात भएको मानिन्छ। नेपालको सन्दर्भ नर्सिङ्ग शिक्षा दिन प्रतिदिन बढेको पाईन्छ।दुख र खर्च गरेरै भए पनि भविष्य राम्रो बनाउनका लागी छोरीलाई नर्स पढाएको छु भन्न पाउदा अभिभावक खुसी हुन्छन।
नर्सिङ्ग पेशा तेती सजिलो पेशा होइन, जसले दिनरात विरामीको सेवामा नै सम्पूर्ण समय विताउनु पर्दछ।
नर्स सधै विरामीहरुसंग रहने हुँदा उनीहरुमा वौद्धिक क्षमता राम्रो भएको, ईमान्दार,अनुशासित, सेवामुखी भावना, हसिलो मुहार, सुमधुर बोलि भएको,आफुलाई सन्तुलनमा राख्न सक्ने, जस्तो सुकै संघर्ष गर्न सक्ने क्षमता विकाश हुनुपर्दछ। नर्सहरुले जटिल अवस्थामा पुगेका विरामीलाई पनि पुनर्जन्म प्रदान गर्न सक्दछन भने नर्सको सानो लापरवाहीले बिरामीको ज्यान जाने समेत अवस्था सिर्जना हुन सक्छ। तेसैले नर्स परिश्रमी,सक्षम, साहसी, सेवामुखी हुनु आवश्यक छ।
अहिलेको विषम परिस्थितिमा फ्रन्टलाईनमा रहेर दिनरात डिउटीमा खटिएर काम गर्दाको पिडा पक्कै पनि पिडादायक छ. तेस्तै जाडो, गर्मि, घरपरिवार नभनी पेशा प्रती खटिएका नर्सहरुको पारिश्रमिक ज्यादै कम हुनु, रातको डीऊटी जान-आउनको लागि सवारी शधन को वेवास्था नहुनु, पेशागत सुरक्षाको अनुभुति गर्न नपाउनु, कार्यबोज बढी सुविधा कम प्राप्त गर्दा पीडा एकातिर छन् भने देशमा प्रभावकारी नीति नियमको अभाव हुनु अर्को थप समस्याको विषयवस्तु बनेको छ। यसै विच आज चितवनमा पनि एक कार्यक्रम गरि यो दिवस मानियो।
अस्पतालमा काम गर्ने नर्सहरुले आफुहरुले आफ्नो पेशागत तलब उचित नपाएको, कोभिडको विषम परिस्थितिमा पनि सुरक्षा पोशाकमा पनि आलटाल गरेको, गुनासो व्यक्त गरेका थिए। यसै गरी “नर्स माथिको शोषण बन्द गर”, नर्स माथिको आर्थिक शोषण बन्द गर, नर्सलाई रोजगारी खै, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार निजि अस्पतालको नर्सको तलब खै” लेखेका लिफलेट हातमा लिई शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका थिए।
नर्सिङ्ग पेशालाई मर्यादित र स्तरीय बनाउन सरकारी र गैह्र सरकारी संघ संस्था र शिक्षा प्रदान गर्ने नर्सिङ्ग क्याम्पस, लाईसेन्स प्रदान गर्ने नेपाल नर्सिङ्ग काउन्सिल, नेपाल नर्सिङ्ग संघ आदिले पेशागत हक हितका लागि विशेष कदम चाल्नु पर्ने देखिन्छ।



