सिधा कुरा जनता संगकि नयाँ संचालिका सम्झना भुजेलको समर्थनमा आयो यस्तो लेख


हिजो अस्ति सम्म तेहि news 24 बाट प्रसारण हुने call 24 कार्यक्रमकि संचालिक सम्झना भुजेल लाई वा क्या साहासी हिम्मतिली खरो महिला पत्रकार भनेर गुणगान गाउने साथिहरु आज उनकै बिरोधमा उत्रिएको देख्दा दु:ख लाग्यो!यौटी महिला पत्रकार त्यो ठाउँमा पुगेर जनताका आवाज हरु बुलन्द गर्दा किन तेत्रो आपत्ती?

हो उनले आज सिधा कुरा जनता संग कार्यक्रम चलाउनु गलत भयो होला उनी त पारिश्रमिक लियर काम गर्ने श्रमजीवी पत्रकार हैनन र?भोलि रबि सर लगायत को टिमले संचालन गर्ने टेलिभिजन मा गयर काम गर्न पनित सक्छिन नि तेतिबेला फेरि जै जै कार गर्छौ हामी?

आफुले जानेसम्म का विधि उपाय भय सहि शिष्ट भाषा प्रयोग गरि दिउन! संजालमा राखौ! जस्तो नाम फेरेर चलाउ,सहकार्य गरेर चलाउ, केही समय पछि चलाउ, ईत्याधी!
तर हामिलाई किन यत्ती धेरै आवेममा आउन हतारो भयको? हिजो सम्म रबि सर र सम्झना भुजेल यौटै क्षत्र मा रहेर सहकार्य गर्दै जनताका आवाज बुलन्द गर्दै हिडेका स्वतन्त्र पत्रकार हुन आज रबि सरले news24 छाड्न साथ यति खरो बिरोधमा उत्रिनु ठिक हैन!

मन पर्दैन कार्यक्रम नहेरौ जहाँ अन्याय हुन्छ त्याहा न्याय दिलाउन आवाज उठाउ सत्यतथ्य बुझेर मात्र आलोचना गरौं!यौटै धारका ब्याक्तिहरु यौटाको अपमान गरेर अर्को को सम्मान गरेको कत्तिपनी सुहाउँदो हुदैन!
रबि लामिछाने सर ले news24 छाड्दैगर्दा पत्रकारले अब राजनितिमा आउन स्टुडियो छाड्नुभयको हो भनेर सोध्दा वहाँले सारा मिडियाको अगाडि सिधा कुरा जनता संग को कार्यक्रम ले केही समय ब्रेक मात्र लियको हो अझ ससंत ढंगले विशेष तयारिका साथ अझ जनताका आवाज हरु समेट्ने हिसाबले आउछ भन्नुभयको छ। संचार क्षत्रको पनित आफ्नै नियम कानुन होला भोलिका दिनमा वहाँहरु यक आपसमा सहकार्य गरेर अगाडि बढ्नुहोला कानुनी बाटाहरु पनि होलान नि।

हामी किन यस्तो साघुरो सोचाइ लिन्छौ? रबि सर मात्र हैन वहाँजस्ता धेरै पत्रकार भिजनदार ब्याक्तिको खाचो छ देश लाई रबि सरले आफू सम्मान सोच बिचार र उदेश्य बोकेका ब्याक्तिहरुको बिकास गर्नुपर्छ ! वहाँलाई पनि भोलिको दिनमा साथ सपोटको जरुर पर्छ नि।

नोट : यति भन्दैगर्दा रबि लामिछाने सर वा वहाँले संचालन गर्ने भनियको सिधा कुरा जनता संग कार्यक्रम को बिरोध गरेको भान नपरोस्! सम्झना भुजेल लाई तपाईं यो कार्यक्रम नचलाउनोस, भन्नू,news24 परिवार लाई नै कार्यक्रम बन्द गर्नुपर्छ भन्नू, वा कार्यक्रम को नाम फेरेर चलाईयोस भन्नू कुनै गलत हैन! काहीं कतै यौटा स्वतन्त्र महिला पत्रकारको चरीत्र हत्या हुने खाले अभिव्यक्ति हरु देखेर मात्र पोष्ट गरेको हु!हामिले राम्रा ब्याक्तिहरुको सबैको सम्मान गर्न सिकौं कुनै गलत बिना कुनै ब्याक्तिको चरित्र माथी दाग लाग्ने खाले अभिव्यक्ति दियर समाज दुशित बनाउनु ठिक हैन भन्ने अभिप्राय हो।
जय देश
अमित भट्टको फेसबुकबाट


प्रकाशित : २०७७ माघ १२, सोमबार १०:१५ गते

धेरै पढिएको

ताजा समाचार