टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका युवकको आज उपचारको क्रममा मृत्यु भएको छ।
बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलमा टिक–टक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको थियो र आज उपचारकै क्रममा उनको मृत्यु भएको छ। उनको अवस्था झन् पछि झन् गम्भीर हुदै गएपछि मृत्यु भएको छ।
प्रकाशित : २०७७ पुष ६, सोमबार ११:५६ गते